Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


    शनिबार, पुष २१ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिए पनि निषेधाज्ञा भने जारी भएको छ ।

    शुक्रबार बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

    उक्त प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।

    कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

    बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

    निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार