Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मत्यु


    शुक्रबार, पुष २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका-११ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकोज्यान गएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०५-००१ प ७४३० नम्बरको मोटरसाइकल बिहीबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल पछाडि सवार स्थानीय चौधरी सिकिस्त घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    मोटरसाइकल चालक २२ बर्षीय ज्ञानेन्द्र मलाह घाइते भएका छन्। उनलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार