Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै


    शुक्रबार, पुष २० २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने भएको हाे ।

    प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयाेगले बताएको छ ।

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिने आयाेगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार