Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीन जना पक्रा


    बिहिबार, पुष १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सर्लाही मलंगवा घर भई हाल काठमाडौं शान्तिनगर बस्ने बलराम कुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापा रहेका छन् ।

    बलरामकुमार महतोले जीवछकुमार शाहसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरी प्रहरीले जनाएको छ । गणेश राईले जापान पठाइदिन्छु भन्दै भक्तबहादुर राई समेत २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाे प्रहरीकाे भनाइ छ ।

    यस्तै रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार