Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • राष्ट्रिय सभा निर्वाचन: एमालेले ६ सिट मागेपछि टीआरसीमा अड्कियो भागबन्डा, गठबन्धनको बैठकनै निष्कर्षविहीन


    बिहिबार, पुष १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले ६ सीट मागेको छ। आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सीट मागेको उक्त बैठकमा सहभागी एक नेताले बताए । तर, बालुवाटारमा बसेको गठबन्धनका प्रमुख दलको बैठकले उक्त भागबन्डाको विषय टुंग्याउन भने सकेनन् ।

    त्यस्तै गठबन्धनमा भने राष्ट्रियसभाको सीट भागबन्डा पेचिलो बन्दै गएको छ । विपक्षी दलले ६ सीट मागेपछि गठबन्धनले टीआरसी विधेयक पारित गर्नुपर्ने शर्त पनि अघि सारेको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सीट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताए

    उनले भने, ‘थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ ।’

    उनले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए ।

    लेखकले भने, ‘एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

    उनले गठबन्धनको बैठक आज साँझ वा भोलि शुक्रबार बिहान पुनः बस्ने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार