Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्ता गठबन्धनसँग एमालेले माग्यो राष्ट्रियसभामा ६ सीट


    बिहिबार, पुष १९ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सिट मागेको छ । आज (बिहीबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

    ‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ । शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ ?’, गठबन्धनको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भनेका थिए ।

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई पनि राष्ट्रिय सभामा समेटेर लैजाने प्रयास कांग्रेस र माओवादीले गरिरहेका छन्।

    त्यस्तै, आज गठबन्धनको बैठक निष्कर्षविना टुंगिएको छ।

    आज बसेको कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार