काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलाअन्तर्गत दोस्रो खेलमा पहिलो पालीमा घरेलु टोलीलाई ५५ रनमा अलआउट गरेको भारत आफू पनि एक सय ५३ रनमा समेटिएकाे छ ।
खेलको पहिलो दिन दक्षिण अफ्रिकालाई सस्तोमा समेटेर ब्याटिङ थालेको भारतले खराब रेकर्ड बनाएको छ । भारतले एक सय ५३ रनकै स्थितिमा ६ विकेट गुमाएको थियो ।
पाँचौँ विकेटका रूपमा केएल राहुल आउट हुँदा भारत एक सय ५३ रनको अवस्थामा थियो । सोही स्थितिमा भारतले श्रेयस अय्यर, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिध कृष्णालाई गुमाएको थियो । उनीहरू सबैले खाता खोल्न नसकेका हुन्। भारतले ११ बलको बीचमा ६ विकेट गुमाएको हो। तीमध्ये ५ बलमा भारतले खाता खोल्न सकेको थिएन।
पहिलो विकेटका रूपमा यसस्वी जैसवाललाई शून्यमै गुमाएको भारतलाई रोहित शर्मा, विराट कोहली र सुभमन गिलले सम्हाल्ने प्रयास गरेका थिए। रोहितले ३९, गिलले ३६ र कोहलीले ४६ रन बनाए। राहुलले ८ रन मात्र जोड्न सकेन।
दक्षिण अफ्रिकाका कागिसो रबडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३र३ विकेट लिए। रोमाञ्चक यो खेलको पहिलो दिनमै २३ विकेट गुमेको छ।
आफ्नो दोस्रो पाली थालेको दक्षिण अफ्रिकाले दिनको खेल समाप्तिमा ३ विकेट गुमाएर ६२ रन जोडेको हो। घरेलु टोली अझै भारतको पहिलो पालीभन्दा ३६ रनले पछाडि छ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend