काठमाडौं । सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई सूचना जानकारी गराउनु नै पत्रकारिता हो ।
तर, यही पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।
रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।
विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखिन्छ।
यसका कारणहरूमा समाचार संस्थामा सुरक्षा उपायहरू अपनाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अपनाउनु, दण्डहीनताविरुद्धको लडाइँको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस अवधिमा कर्तव्यको सिलसिलामा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा समग्र गिरावट आएको छ ।
विगत पाँच वर्षमा आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारको सङ्ख्यामा क्रमिक गिरावट आएको हो ।
ल्याटिन अमेरिकामा आफ्नो कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।
पत्रकारहरूका लागि शान्तिमा रहेका देशभन्दा युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन् । यो वर्ष युद्ध क्षेत्रमा रिपोर्टिङ गर्ने क्रममा २३ पत्रकार मारिएका छन् । पाँच वर्षमा पहिलो पटक शान्ति क्षेत्रभन्दा युद्ध क्षेत्रमा बढी पत्रकार मारिएका छन् ।
विश्वभरमा सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend