Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, पुष १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज (मंगलबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज बजारको बिक्री भाउ तय गर्दै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार