Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश

    अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने


    शुक्रबार, पुष १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

    उक्त रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

    उक्त रिट निवेदक अधिवक्ता दीपकराज जोशीसहित चार जनाले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार