Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर महाप्रसाद अधिकारी विरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा


    शुक्रबार, पुष १३ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

    उनीविरूद्ध परेको रिटको पेशी आज सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।

    बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो।

    गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए। राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ। उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ।

    आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्‍य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार