Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इङ्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डविरुद्ध वुल्भ्सको सानदार जित


    बिहिबार, पुष १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डमाथि वुल्भ्सले ४–१ गोल अन्तरको जित निकालेको हो । वुल्भ्सको जितमा हि चानवाङले २ गोल गर्दा मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक एक गोल गरेका थिए ।

    ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए । १३औँ मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । १४औँ मिनेटमावाङले गोल गरेपछि सुरुमै २–० को अग्रता बनायो । तर, १६ औँ मिनेटमा ब्रेन्टफोर्डका लागि निलमुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । २८ औंमिनेटमा वाङले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३–१ को सहज अवस्थामा पुगेको थियो ।

    उनले टोटीएन्टोनिओ गोमेजको पासमा गोल गरेका थिए । पहिलो हाफमा ३–१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा १ गोल थपेको थियो ।

    ७९ औँ मिनेटमा बेलगार्डले म्याथ्युजचुन्चाको पासमागोल गरेपछि ४–१ को जित निकाल्दै स्पष्ट ३ अङ्क थप्न सफल भयो । वुल्भ्सले १९ खेलबाट २५ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा रहको छ । १८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अङ्कका साथ तालिकाको १४ औँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार