काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको कार्यालय परिसरमा कर्मचारी घाम तापेरै दिन बिताउँछन् । कार्यालयको मूल ढोकामा दुई वटा ताला लगाइएको छ । झन्डै एक महिनादेखि यस्तै छ दैनिकी ।
उपस्थित कर्मचारीले मूल ढोकामै राखिएको हाजिरी पुस्तिकामा हाजिर लगाउँछन् । अनि दिनभरि घाम तापेर साँझ परेपछि घरतिर लाग्छन् ।
आफूहरूमाथि भएको चरम शोषणविरुद्ध विभिन्न माग राखेर अपाङ्गता भएका व्यक्तिले मङ्सिर ४ गतेदेखि कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेपछि खगेन्द्र नवजीवन केन्द्र अस्तव्यस्त छ । सङ्घका पदाधिकारी कहिलेकाहीँ मात्रै आउँछन् । यसबाट गम्भीर किसिमका अपाङ्गता भएका व्यक्तिको बसाइ निकै अप्ठ्यारो भएको छ।
केन्द्रको प्रशासन शाखामा कार्यरत सूर्यकुमारी गुरुङले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिका तर्फबाट सङ्घर्ष समिति गठन गरी तालाबन्दी गरिएको बताइन् । उनका अनुसार सरकारको सिफारिसका ५२ सहित ९० जना अशक्त र बेसहारा बस्ने नवजीवन केन्द्रमा १५ जना विद्यार्थी पनि छन् ।
उनले भनिन्, “सरकारी अङ्गको रूप रहेको केन्द्रमा पदाधिकारीको मनपरी रोक्नकै लागि उहाँहरूले आन्दोलन थाल्नुभएको हो । अपाङ्गता भएका व्यक्तिको वास्तविक पीडा र समस्या उठान गरिएको छ तर सङ्घको कार्यसमिति र नेतृत्व माग सम्बोधन गर्नतर्फ नलाग्दा ताला खुल्न सकेको छैन ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend