Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेशमले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दिए महाधिवेशनको निम्तो


    सोमबार, पुष २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै महाधिवेशनको निम्तो दिएका छन् । पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको नाउपाको प्रथम महाधिवेशनको लागि प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिइएको संरक्षक चौधरीले जानकारी दिए ।

    ‘पुस २६ गते प्रधानमन्त्रीलाई निम्तो गरियो । उहाँ आउँछु भन्नु भएको छ’, उनले भने, ‘अब ओलीजी, शेरबहादुर जी, माधवजी, सिके रावत जी, उपेन्द्र यादव जी महन्त ठाकुर जी सबैलाई हामी निम्तो दिन्छौँ ।’

    पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

    यस अघि पनि संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार