Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन


    शुक्रबार, मंसिर २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी माघ ११ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन आजसम्म १२ वटा दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

    निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

    आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि मंसिर २९ सम्मको समय दिएको थियो । १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार