Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन


    बिहिबार, मंसिर २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन गरेकाे छ ।

    आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएसँग महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने गरेकाे हाे ।

    काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको जनाएको छ ।

    बुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ ।

    सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार