Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गठबन्धन कुहिएको फल हो, आफैँ झर्छ: ओली


    बुधबार, मंसिर २७ २०८०
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने बताएका छन् । एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ सङ्कल्प यात्रा अन्तरगत आज भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै कारणले गठबन्धन भत्किने टिप्पणी गरेका हुन् ।

    उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइदिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताए ।

    उनले आगामी चुनावमा पार्टीले एकल बहुमत ल्याउन जनतासँग प्रत्यक्ष भेटघाट गरिएको उल्लेख गरे । सोही अनुसार सिंगो पार्टी नेतृत्व अभियानमा लागेको भन्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने जिकिर गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार