Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई डडेलधुराबाट ओलीको ‘त्यता सबै ठिक छ नि ?’


    शुक्रबार, मंसिर १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् ।

    देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् ।

    सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । यस्तै ओलीले देउवासँग काठमाडौंतिरको हालखबर समेत सोधेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार