Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोदालो प्रहार गरी छोराले गरे बुवाको हत्या


    आइतबार, असोज २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। कञ्चनपुरमा कोदालो प्रहार गरेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्।

    पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

    हेमन्तले कोदालो प्रहार गरेर बुवाको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार घर परिवारको विवादका कारण उनले बुवामाथि आज बिहान कोदालो प्रहार गरेका हुन्।

    हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार