Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसेल प्रकरणमा छलफल गर्न संसदीय समितिको बैठक पुस ३ गते बस्दै


    मंगलबार, मंसिर २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एनसेल प्रकरणमा छलफल गर्न संघीय संसद्‌को राज्यव्यवस्था समितिले आगामी पुस ३ गते बैठक बोलाएको छ।

    मध्यपहाडी लोकमार्ग यात्राका कारण नेकपा (एमाले)का सांसदहरू उपस्थित हुन नसक्ने भएपछि उक्त बैठक ३ गते बस्ने भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

    गत बुधबार संसद्‌को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भएको भन्दै अनुसन्धान नटुंगियुन्जेल खरीदबिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।

    यस्तै, बिहीबार एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएको थियो।

    सरकारले एनसेलको शेयर खरीदबिक्री प्रकरण अध्ययन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार