काठमाडौं । आफ्नो खराब फर्मलाई अन्त्य गर्दै टोटनह्याम हटस्पर्सले न्युक्यासलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । स्पर्सले यसअघिका पाँचमध्ये चार खेलमा पराजय बेहोरेको थियो ।
तर, आइतबार रिचार्लिसनको दुई तथा डेस्टिनी उडोगी र सन ह्युङ मिनको एक–एक गोलको मद्दतले स्पर्सले न्युक्यासललाई पराजित गर्न सफल रह्यो । खेलको इन्जुरी समयमा जोयलिङटनले न्युक्यासलका लागि सान्त्वना गोल गरेका थिए ।
स्पर्स १६ खेलबाट ३० अङ्कसहित लिगको पाँचौँ स्थानमा रहेको छ । न्युक्यासल समान खेलबाट २६ अङ्क बटुलेर सातौँ स्थानमा छ ।
उता चेल्सीलाई हराउँदै एभर्टनले प्रिमियर लिगमा सन् २०२१ पछि पहिलोपटक लगातार तेस्रो जीत हासिल गरेको छ । आइतबारको खेलमा एभर्टन २–० गोलले विजयी बन्यो ।
पहिलो हाफ बराबरीमा सकिएपछि अब्डोले डोकुरेले खेलको ५४ औँ मिनेटमा एभर्टनलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा लेविस डोब्बिनले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।
जीतपछि एभर्टन १६ खेलबाट १३ अङ्क बटुल्दै रेलिगेसन क्षेत्रबाट चार अङ्कले माथि उक्लेको छ । चेल्सी भने १९ अङ्क बटुल्दै लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend