सर्लाही । सर्लाहीको पर्सा नाकाबाट निर्वाध रुपमा तस्करी भैरहेको पछिल्लो एक घटनाले प्रमाणित गरेको छ ।
प्रहरी चौकी पर्साका प्रमुख प्रहरी सहायक निरीक्षक रामकृपाल साहले स्थानीय र भारतीय तस्करहरूलाई लाइन दिएर तस्करी गराइरहेको खबर जिल्ला प्रहरी कार्यालयसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले शनिवार पर्सा पुगेर छड्के गर्दा तस्करीको सामानसहित एक भारतीय नम्बरको बोलेरो गाडी बरामद भएको छ ।
तस्करीका लाखौं मूल्य बराबरको कपडाका गाँठ, महंगा ज्याकेटलगायतका कपडा, मोबाइलका महंगा पार्टस्, चार्जर, इलेक्ट्रिक सामानसहित भारतीय नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएको समाचार प्राप्त हुन आएको छ ।
तस्करीका ती सामान भारतीय OR-01J 2492 नम्बरको बोलेरोमा लोड गरेर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले नियन्त्रणमा लिएको छ । गाडीसँगै पक्राउ परेका तस्करका भरियालाई भने प्रसनि साहले मिलेमतोमा रकमको लेनदेनपछि छोडिदिएको स्रोतले दाबी गरेको छ ।
पक्राउ परेका ती सामान फूलको तस्करी गर्ने कुख्यात तस्कर सन्तोष भण्डारीको रहेको स्रोतले जनाएको छ । भारतबाट अवैध रुपमा फूल ल्याएर नक्कली बिल बनाई राजधानी काठमाडौंलगायतका ठाउँमा पठाउने सन्तोष भण्डारी केही समययता आफ्नो मामा भारतीय नागरिक संजय भण्डारीको नाममा फूल तस्करीको कारोबार गर्न थालेका छन् भने स्वयंले कपडा, चिनी, इलेक्ट्रिक सामान, मोबाइलका चार्जर र पार्टस्को अवैध कारोबार गरी नेपालको भन्सार छली गरिरहेका छन् ।
स्रोतका अनुसार सर्लाहीको पर्सा नाकाबाट प्रसनि साहले दैनिक ५० लाख रुपैयाँभन्दा बढीको राजश्व चुहावट हुने गरी तस्करी लाइन दिएका छन् ।
स्रोतबाट प्राप्त जानकारी अनुसार प्रहरी चौकी पर्साका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामकृपाल साहले आफ्नो क्षेत्रबाट तस्करी लाइन संचालन गर्न इनर्वाका व्यापारी चन्दनलाई चिनी, रजनीगन्धा, गुल एवं भाङ जस्ता सामग्री भित्र्याउन लाइन दिएका छन् भने पर्साका व्यापारी चिनी र किराना आइटमको काम गर्न लाइन दिएका छन् ।
त्यस्तै पर्साकै सद्दाम मियाँलाई भने कुखुरा भित्र्याउन लाइन दिएका छन् । सर्लाहीकै कुख्यात तस्कर सन्तोष डिलरका सामान ढुवानी गर्न स्थानीय उमेशलाई लाइन दिएर दैनिक ५० लाख भन्दा बढीको राजस्व चुहावट गराउन सक्रिय छन् ।
यी तस्करहरूले सीमावर्ती सहोरवा, इन्दरवा, लालबनी दरबारबाट पर्सा नाका हुँदै अवैध रुपमा कपडा, मोटर पार्टस्, चिनी, खाद्यान्न, प्रतिबन्धित गुट्खाहरू ल्याएर मलंगवा, हरिवन, लालबन्दी हुँदै देशका विभिन्न भागमा पठाउने गरेका छन् । कुखुरा तस्करी गर्ने सद्दामले भारतबाट ल्याएको कुखुराको नेपाली कुखुरा फर्मको बिल बनाएर पठाउने गरेका छन् । सद्दामको कुखुरा फर्म सीमा क्षेत्रमै रहेको छ ।
भारतसँग सीमा जोडिएका सर्लाहीका विभिन्न नाकाबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियार र बप्रनानि अरुण कुमार यादवको आशीर्वाद प्राप्त चौकी इन्चार्जहरूको संरक्षणमा तस्करी भइरहेको समाचार प्रकाशन भएपछि तस्करी नभएको देखाउन प्रहरीले नाटकीय रुपमा सामान बरामद गर्न थालेका छन् ।
सर्लाहीको तस्करी बढ्नुमा सशस्त्र प्रहरी बल नेपालको समेत अहम् भूमिका रहेकोले तस्करहरूका लागि यतिबेला सर्लाही उर्बर भूमिको रुपमा स्थापित भएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend