सर्लाही । सर्लाहीको पूर्वी नाकामा पर्ने प्रहरी चौकी पर्सा तस्करीको प्रमुख मार्ग बनेको छ । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै यस नाकाबाट दैनिक रूपमा विभिन्न सामान र पशुहरूको अवैध कारोबार हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयका अनुसार पर्सा नाकाबाट भारततर्फ गाई–गोरु, चाइनिज स्याउ, चाइनिज मकै, काँक्राको बीउ तस्करी गरिन्छ भने भारतबाट कपडा, किराना सामान, हार्डवेयर, गाडीका पार्टपुर्जा, माछा र कुखुराका चल्ला नेपाल भित्र्याइने गरेको छ ।
नाम नबताउने सर्तमा एक ब्यापारीले प्रहरी चौकी पर्साका प्रमुख सई शम्भुप्रसाद यादवले तस्करहरूसँग महिनावारी असुल्ने र तस्करीको ‘लाइन’ दिने गरेका छन् भनेर दाबी गरेका छन् । उनले पाएको असुली र संरक्षणको आरोपले यादव विवादित बनेका छन् ।
सई यादव पैसा असुल्नमा माहिर मानिन्छ । उनले जहाँ इन्चार्ज भएर जान्छन्, त्यहाँ शान्ति–सुरक्षा भन्दा असुलीमा बढी ध्यान दिने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यिनै यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईको विश्वासपात्रको रूपमा चिनिने गरिएको छ । राईकै छत्रछायाँमा पर्सा चौकीको जिम्मेवारी पाएको र त्यही आधारमा तस्करलाई समेत धाक देखाउने गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने तस्करी रोक्न भ्याएसम्म प्रयास गर्ने र बरामद भएका गाई–गोरु तथा सामान भन्सारमा बुझाउने गरेको दाबी गर्ने गरेको छ । तर भन्सारमा बुझाइएका सामान पुनः तस्करले नै सस्तो मूल्यमा फिर्ता पाउने हुँदा तस्करी रोक्न नसकिएको स्थानीयको भनाइ छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend