सर्लाही । सर्लाहीको पूर्वी नाकामा पर्ने प्रहरी चौकी पर्सा तस्करीको प्रमुख मार्ग बनेको छ । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै यस नाकाबाट दैनिक रूपमा विभिन्न सामान र पशुहरूको अवैध कारोबार हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीयका अनुसार पर्सा नाकाबाट भारततर्फ गाई–गोरु, चाइनिज स्याउ, चाइनिज मकै, काँक्राको बीउ तस्करी गरिन्छ भने भारतबाट कपडा, किराना सामान, हार्डवेयर, गाडीका पार्टपुर्जा, माछा र कुखुराका चल्ला नेपाल भित्र्याइने गरेको छ ।
नाम नबताउने सर्तमा एक ब्यापारीले प्रहरी चौकी पर्साका प्रमुख सई शम्भुप्रसाद यादवले तस्करहरूसँग महिनावारी असुल्ने र तस्करीको ‘लाइन’ दिने गरेका छन् भनेर दाबी गरेका छन् । उनले पाएको असुली र संरक्षणको आरोपले यादव विवादित बनेका छन् ।
सई यादव पैसा असुल्नमा माहिर मानिन्छ । उनले जहाँ इन्चार्ज भएर जान्छन्, त्यहाँ शान्ति–सुरक्षा भन्दा असुलीमा बढी ध्यान दिने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यिनै यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईको विश्वासपात्रको रूपमा चिनिने गरिएको छ । राईकै छत्रछायाँमा पर्सा चौकीको जिम्मेवारी पाएको र त्यही आधारमा तस्करलाई समेत धाक देखाउने गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने तस्करी रोक्न भ्याएसम्म प्रयास गर्ने र बरामद भएका गाई–गोरु तथा सामान भन्सारमा बुझाउने गरेको दाबी गर्ने गरेको छ । तर भन्सारमा बुझाइएका सामान पुनः तस्करले नै सस्तो मूल्यमा फिर्ता पाउने हुँदा तस्करी रोक्न नसकिएको स्थानीयको भनाइ छ ।
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend