काठमाडौं । यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले जितका लागि नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो ।
अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम ओभरको पहिलो बल थाइमा लागेपछि उनले खेल्न सकेनन् ।
६.३ ओभरमा ३३ रन जोड्दा मा ३ विकेट गुमाएको अफगानस्तानका लागि जम्सिदले रहिमुल्लाह जुरमातीसँग चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेपछि अफगानिस्तान खेलमा फर्किएको थियो । रहिमुल्लाह ३५ रन बनाएर आउट भएपछि जम्सिदले नुमान शाहसँग ९७ रनको साझेदारी गरेका थिए ।
अफगानस्तानका ओपनर वफिउल्लाह ताराखिल १५ र खलिद तनिवाल १० रनमा आउट भएका थिए । जम्सिद तेस्रो नम्बरमा आएका थिए । चौथो नम्बरमा आएका अक्रम मोहम्मदजाई शून्य रनमै आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।
नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामी, गुल्सन झा र स्पिनर सुवास भण्डारीले समान २/२ विकेट लिए । दिपेश कँडेल र आकाश चन्दले समान १/१ विकेट लिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend