Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि


    आइतबार, मंसिर २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । आज बिहान ११ बजेदेखि बैठक सुरु हुने भएकाे हाे ।

    बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    केन्द्रीय समिति बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने राप्रपाका नेताले बताएका छन् । दुई दिन सम्म सञ्चालन हुने केन्द्रीय समिति बैठकका निर्णय भोलि नै सार्वजनिक गरिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार