Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै


    मंगलबार, जेष्ठ १३ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  राप्रपा नेपालको जिल्ला अध्यक्षसहितको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।

    बैठकमा पार्टी अध्यक्ष कमल थापाले  आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    ‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आइपुगिसक्नुभएको छ , आउन मंगलबार बिहान आइपुग्नुहुन्छ,’ बर्तौलाले भने ।

    अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन  र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार