काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन्।
आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ, ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भैरहनु अनौठो नहुने उनले बताए।
मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटि बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नितिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे। ‘यो गठबन्धनको बिकल्पको खोजी शुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,’ उनले भने।
साच्चिकै वैचारिक धुर्विकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो। यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानू पर्नेमा जोड दिए।
‘यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,’ थापाले भने। बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend