Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्कल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह


    शनिबार, मंसिर २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ । एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न आग्रह गरेको हाे ।

    कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

    कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।

    इन्चार्ज महासेठले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार