Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नापोलीलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा


    शनिबार, मंसिर २३ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फेडरिको गाटीले गरेको एक मात्र गोलको मद्दतले साविक विजेता नापोलीलाई हराउँदै युभेन्ट्स इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ ।

    गत शुक्रबार मोन्जाविरुद्ध निर्णायक गोल गरेका डिफेन्डरले नापोलीविरुद्ध पनि निर्णायक गोल गरे । ५१ औँ मिनेटमा क्याम्बियासोको क्रसमा हेडमार्फत उनले गरेका थिए ।

    पहिलो हाफमा नापोलीले खेलमा नियन्त्रण बनाए पनि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेन । भिक्टर ओसिमहेनले खेल बराबरी गर्ने अवसर पाए पनि त्यसलाई खेर फालेका थिए ।

    जीतपछि युभेन्टसले इन्टर मिलानलाई एक अङ्कले उछिनेको छ । १५ खेलबाट युभेको ३६ अङ्क रहेको छ । मिलानले एक खेल कम खेल्दै ३५ अङ्क बटुलेको छ । २५ अङ्कसहित नापोली पाँचौँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार