Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ५४ करोडको कारोबार


    मंगलबार, मंसिर १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १०.१० अंकले घट्दै १८ सय ३७.७१ अंकमा ओर्लिएको हो ।

    सेन्सेटिभ इन्डेक्स समेत आज २.१४ अंकले घट्दै ३५१.०७ अंकमा झरेको छ । तथापि, यता कारोबारमा भने केहीँ सुधार हुँदै आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः १.७१ प्रतिशत र १.११ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहको उपसूचक भने आज ०.१६ प्रतिशतले मात्र बढेको छ ।

    यस दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बिसाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य ९.५३ प्रतिशतले घट्न पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार