Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु


    मंगलबार, मंसिर १९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु भएको छ ।

    आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हाे ।

    सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको प्रहरीले बताएको छ ।

    लोकबहादुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार