Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएकाे परराष्ट्र मन्त्रालयद्वारा पुष्टि


    सोमबार, मंसिर १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

    मृत्यु हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, कास्कीका देवान राई, कास्की, स्याङ्गजाका पितम कार्की, स्याङ्गजा, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।

    सरकारले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ ।

    नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुससमक्ष अनुरोध गरिएको परराष्ट्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार