काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुबै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा दुई देशबीचको नजिकको पारस्परिक सम्बन्ध, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानमा आधारित रहेको उल्लेख छ ।
नेपालले एक चीन सिद्धान्तको पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई दोहोर्याइएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।
यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ ।
दुई साताअघि मात्रै पनि चौथो नेपाल चाइना सञ्चार सम्मेलन सम्पन्न भएको छ । यसबीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।
पछिलो एक वर्षमा सो अवसरमा विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend