काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुबै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा दुई देशबीचको नजिकको पारस्परिक सम्बन्ध, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानमा आधारित रहेको उल्लेख छ ।
नेपालले एक चीन सिद्धान्तको पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई दोहोर्याइएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।
यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ ।
दुई साताअघि मात्रै पनि चौथो नेपाल चाइना सञ्चार सम्मेलन सम्पन्न भएको छ । यसबीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।
पछिलो एक वर्षमा सो अवसरमा विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend