Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • राष्ट्रियसभा निर्वाचन : आगामी पुस २३ गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका


    आइतबार, मंसिर १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो ।

    उक्त कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।

    आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले मतदान सकिएपछि सोही दिनै मतगणना गरिने  जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार