Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै


    आइतबार, मंसिर १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।

    यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।

    शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताए ।

    सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार