Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सैंबु भलिबल क्लब खुला ब्याडमिन्टन प्रतियोगितामा ४ टिम बिजयी


    शनिबार, मंसिर १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • ललितपुर । सैबु भलिबल क्लबद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम बिजयी भएका छन् । शनिबार आयोजित प्रतियोगिताको उदघाटन खेलमा आयोजक सैबु ब्यामिन्टन सर्कलका मनकुमार थापा र अन्जन थापाको टोली विजयी भएका छन् । सो टीमले वालकुमारी सृजना क्लबका राजकुमार भण्डारी र लोकेन्द्र थापाको टोलीलाई २१–१० र २१–१० सोझो सेटमा विजयी गरेको छ ।

    दोस्रो खेलमा सिद्धिपार्क क्लबका विनोद महर्जन र सुसन चौधरीको टीमले सुरबहादुर घलान र रामप्रसाद चौधरीको टीमलाई २१–८ र २१–१०को अन्तरमा जित निकालेका छन् । तेस्रो खेलमा सैबु ब्यामिन्टन क्लबका शिशिर राई र सुरेश तामाङको टोलीले मिलनवस्ती क्लबका धनबहादुर थापा र सरोज कुमार शाक्यको टोलीलाई २१–१० र २१–२२ को अन्तरमा जित निकालेका छन् ।

    चौथो खेलमा वालकुमारी सृजना क्लबका दामोदर थापा र बुद्ध लामाको टीमले वावुराजा महर्जन र सुवार वानियाको टीमलाई १९–२१, २१–१७ र २१–१९ अन्तरमा विजयी भएका छन् ।
    नकआउट आधारमा खेलाइने सो प्रतियोगितामा २४ टीम सहभागि भएका छन् ।

    प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले ब्याडमिन्टर प्रतियोगिताले शारिरिक विकासमा महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले भने–यस वडामा टोल पिच्छे ब्याडमिन्टन क्लब स्थापना भई सो खेलको विकास भएको छ । त्यसले यस वडामा ब्याडमिन्टन खेलाडी र खेलप्रेमीको सख्या बढ्दै गएको छ ।

    क्लबका अध्यक्ष शंकर मगरले चार वर्षअघि स्थापना भएको ब्याडमिन्टन सर्कलले हरेक वर्ष आन्तरिक र खुला प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए । उनले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राखेका थिए ।

    प्रतियोगिता यही २३ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोतिामा विजयी टीमले २५, २० र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

    जुन जुन नाकाबाट तस्करी भइरहेको भन्ने कुरा आयो । एउटा पनि चेन्ज गरेन । अन्यत्रको परिवर्तन गरेको छ । घुमुवाहरुलाई दरबन्दीमा नपठाएको । मुख्य तस्करी हुने नाका भुजहवा, गेर्मी र रामनगरका इन्चार्ज नचलाएको । आन्तरिक सरुवा नगरेको ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार