Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अल नासरलाई हराउँदै अल हिलाललाई शीर्ष स्थानमा अग्रता


    शनिबार, मंसिर १६ २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

    निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । लगत्तै रोनाल्डोले भलीमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गरिएको थियो ।

    खेलको अन्त्यमा अलेक्सान्डर मिट्रोभिचले दुई गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । हालसम्म अपराजित अल हिलालको १५ खेलबाट ४१ अङ्क रहेको छ भने समान खेलबाट अल नासरको ३४ अङ्क छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार