काठमाडौं । यही मंसिर २५ देखि नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको सिरिज हुने भएको छ ।
भारतको मुम्बईमा मंसिर २५ देखि २९ गतेसम्म हुने सिरिज टी-२० फर्म्याटमा हुने छ ।
त्यो सिरिजका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण भइसकेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।
आजदेखि ५ दिनसम्म मूलपानी क्रिकेट मैदानमा थप प्रशिक्षण हुनेछ । त्यसक्रममा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि हुने संघले जनाएको छ ।
संघले भारतसँग खेल्नका लागि १६ खेलाडीको सुची समेत सार्वजनिक गरेको छ । टोलीमा प्रतिभा राई, माया लुंगेली, मुना अर्याल, पुनम चौधरी, सिर्जना परियार, गीता पौडेल, कान्ति योगी, सरिता घिमिरे, सीता चौधरी, मनकेसी चौधरी, विमला राई, निशा चौधरी, दिल्लीसरा धमला, उजेली चौधरी, विनिता पुन छन् ।
प्रमुख प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend