चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले ८ जनालाई पक्राउ गरेर आज पत्रकार सम्ममेलन गरी सार्वजनिक गरेको छ ।
केन्द्रीय प्रहरी ब्युराेको सहयोगमा पक्राउ पर्नेमा मकवानपुर हेटौडा –३ का रमेश खाती, चितवन राप्तिका पासा भनिने आइतेसिंह मोक्तान, मकवानपुर राक्सिराङ्का शमसेर थिङ्, मकवानपुर मनहरीका सितााम थिङ्, रोल्पा सुनछहारीका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरुङ्, चितवन कोरकका उनबहादुर स्याङ्तान र मकवानपुर मनहरीका इन्द्रबहादुर तामाङ् छन् ।
उनीहरुलाई गैँडा मार्नेदेखि खाग ओसारपसार गरेको अभियोग लगाइएको राष्ट्रिय निकुञ्ज तथा बन्यज्रन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्दुप्रसाद ढुङ्गानाले जानकारी दिए । उनीहरुबाट १८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको ४८० ग्राम तौलको एक र ११.८ इन्च गोलाइ, दुई इन्च उचाइ भएको ६० ग्राम तौल भएको दुईवटा खाग बरामद गरिएको छ ।
यसअघि चितवन निकुञ्जको चपरचु्ली क्षेत्रबाट गत कात्तिक ३० गते मृत अवस्थामा खागविहीन गैंडा फेला परेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend