Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. स्वर्णिम वाग्ले रास्वपा उपसभापति


    बुधबार, मंसिर १३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपाले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले सो निर्णय गरेको हो ।

    महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

    यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहने छन् ।

    पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गाैतम, नन्दन यादव, पुकार बम र कामिनी चाैधरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार