Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहीबार नवनियुक्त मन्त्रीहरुको सपथग्रहण


    बुधबार, असोज २८ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहीबार हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ । यद्यपी समय भने तय भइसकेको छैन  ।

    मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।  यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।

    यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । 
    यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार