Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्वारेन्टिनबाट भागेका व्यक्तिमा कोरोना


    बुधबार, असोज २८ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी । शिखर नगरपालिका वडा न. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

    सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।” कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार