Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्यारेकभित्रै झुन्डिएको अवस्थामा भेटिए सैनिक जवान


    बुधबार, असोज २८ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरकाे सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिएका छन्।

    २३ वर्षीय सैनिक अनुज केसी मृत भेटिएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

    काठमाडौं दक्षिणकाली नगरपालिका-६ स्थायी घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जनाएकाे छ ।

    आज बिहान डियुटीको समयमा नआएपछि खोजी गर्दा ब्यारेकको कम्पाउण्डभित्र रहेको बाथरुममा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

    झुन्डिएको अवस्था शव फेला परेका केसीले बुधबार बिहान १:५५ मिनेटमा परिवारका सदस्यलाई आफ्नो मोबाइलबाट सन्देश पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार