पोखरा। पोखरामा जारी केपी ओली कप टि -२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मी उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।
बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १(१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ सुरु गरेको कोशी प्रदेश १८ ओभर २ बलमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले २(२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १(१ विकेट लिए ।
यससँगै पोखरामा जारी केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) पुगेका छन् ।
बिहिबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ । भने बिहिवार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबिच हुनेछ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend