Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दशकपछि हत्यामा संलग्न प्रतिवादी पक्राउ


    बुधबार, असोज २८ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले ३० वर्षअघि हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढले श्यामकिशोर प्रसाद कुशवाहालाई पक्रेको हो ।

    श्यामकिशोर समेतले मिलेर ०४४ भदौ १२ मा सिम्रौनगढ–६ कोहपुर बस्ने जयमंगल प्रसादको हत्या गरेका थिए । सो मुद्दामा सिम्रौनगढ–७ बस्ने श्यामकिशोरलाई बारा जिल्ला अदालतले ०४७ असोजमा १० बर्ष कैद साजय हुने फैसला गरेको थियो । 

    ३० वर्षदेखी फरार उनी भारतमा लुकेर बसेको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ । बुधवार प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो । हत्यामा संलग्न आरोपीविरुद्ध बज्रकिशोर प्रसाद कोईरीको जाहेरी र प्रहरी अनुसन्धानपछि अदालतले फैसला सुनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार