ललितपुर । ललितपुर महानगरपालिकाको २९ वडाले उदाहरणीय काम गरेको छ । वडाभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क कोरोना बीमा गरेर उदाहरण कायम गरेको हो । पछिल्लो समय कोरोना स्क्रमण बढिरहेको र ज्येष्ठ नागरिक बढी जोखिममा रहेकोमा सो वडाले कोरोना नि:शुल्क कोरोना बीमा गरिदिएको हो ।
वडाध्यक्ष गणेश महर्जनका अनुसार ६४ जना ज्येष्ठ नागरिकको वडाले निःशुल्क कोरोना बीमा गरेको छ ।
यो कोरोना बीमा ७७ को चैतसम्म मात्र सीमित हुने उनले बताए । हरेक व्यक्तिको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको उनले बताए ।
गत वर्षको बजेटबाट ज्येष्ठ नागरिकको बीमा गरेपनि यसरी कोरोना संक्रमितको संख्या बढ्दै गएको खण्डमा दीर्घ रोगी, बालबालिका लगायत अन्य व्यक्तिहरुको पनि बीमा गरिदिने योजना रहको उनले जानकारी दिए ।