Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजतन्त्र फर्किने कुनै सम्भावना नभएको देउवाको दाबी


    सोमबार, मंसिर ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् । नवलपरासीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाह अब राजाको रुपमा नआउने दाबी गरे ।उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँन लाग आह्वान गरे ।

    उनले भने, ‘पूर्वराजा राजाको रुपमा फर्किने सम्भावना छैन । संविधान सभाले नै राजालाई हटाउने निर्णय गरेपछि अरु कसैले भन्दैमा आउनेवाला छैनन् । मान्छेहरुले अरु कुराहरुको सोच्नुपर्ने भन्छन्, धर्मको विषयमा पनि भनिराखेका छन् हुनेवाला केही छैन । सरसल्लाह गर्न सकिन्छ । तर, राजतन्त्र फर्किने सम्भावना छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार