Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सेयर बजार घट्यो


    सोमबार, मंसिर ११ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ ।

    पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

    सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७४ करोड ७७ लाख ६४ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन ६१ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार