Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, मंसिर ११ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    रामुधनी–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्र गर्ने कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई धेरै रकम भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूले गैरकानुनी लाभ र हानि पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सबइन्जिनियर हर्षलाल चौधरी छन् ।

    यस्तै, रामुधनी–३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, रामुधनी–३ कै तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टीकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौँ तहका सुनीलकुमार चौधरी र जालपा सिद्ध निर्माण सेवा, सुनसरीका प्रोपाइटर नानुकुमारी निरौला (बस्नेत)विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    उनीहरूले दुई लाख १२ हजार ७३ रुपैयाँभन्दा बढी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार