Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसले मंसिर १६ र १७ मा लुम्बिनी प्रदेश सम्मेलन गर्ने


    सोमबार, मंसिर ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ।

    प्रदेश कार्यसमिति गठनपछि यो पहिलो पटक गर्न लागिएको सम्मेलन हो।

    सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।

    प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

    कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ।

    ‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ विधानमा लेखिएको छ।

    त्यस्तै ‘एउटा अधिवेशन समाप्त भई अर्को प्रदेश अधिवेशन प्रारम्भ नहुँदाको अवस्थामा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक अधिवेशनको सबै कार्य गर्न सक्ने’ प्रदेश सम्मेलनको काम, कर्तव्य र अधिकार तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार